मन्टेश्वरी तालिम प्रमाणपत्र वितरण कार्यक्रम

महाकवि देवकोटा क्याम्पस मन्टेश्वरी शाखाको आयोजनामा मिति २०८२/०५/१५ गतेका दिन यसै क्याम्पसको सभाहलमा सफलतापूर्वक मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चलक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य शालिकराम सापकोटा, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी., मन्टेश्वरी शाखा संयोजक सुलोचना अर्याल साथै मन्टेश्वरी तालिम प्राप्त १५ जना विद्यार्थीहरु गरी २९ जनाको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि लामिछानेले मन्टेश्वरी तालिम प्राप्त विद्यार्थीहरु शिक्षण कार्यमा अब्बल हुनु पर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा तिन महिने मन्टेश्वरी तालिम पूरा गरेका १५ जना विद्यार्थीहरुलाई सभाध्यक्षद्वारा टीका साथै प्रमुख अतिथि लामिछानेद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष ढकालले सीपमूलक मन्टेश्वरी तालिमद्वारा विद्यार्थीहरुमा शिक्षण सीपको विकास भएकोे विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप शाखा संयोजक उप प्राध्यापक सुलोचना अर्यालले सहजीकरण गर्नुभएको थियो ।