पुरस्कार वितरण कार्यक्रम सम्पन्न
मिति २०८२/१२/२० गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसद्वारा सञ्चालन गरिएको खेलकूद प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी, शिक्षा तथा मानविकी सङ्काय प्रमुख बबिन शर्मा सापकोटा, व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकाल, अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्याल, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका, विभिन्न खेलमा सहभागी तथा विजेता खेलाडी विद्यार्थीहरु गरी १५५ बढीको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अवसरमा रिले रेस – छात्र छात्रा दुवै, चेस, लङजम्प – छात्र छात्रा, सटपुट – छात्र छात्रा, टेवुल टेनिस – छात्र छात्रा, म्युजिकल चेयर – छात्रा, स्लो साइकिल रेस – छात्रा, फुटसल –छात्र, भलिवल – छात्र छात्रा दुवै, क्रिकेट – छात्र छात्रा लगायतका खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल खेलाडी विद्यार्थीहरुलाई सभाध्यक्ष ढकालद्वारा टीका साथै प्रमुख अतिथि लामिछानेद्वारा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लामिछानेले महाकवि देवकोटा क्याम्पसले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै खेलकूदको माध्यमबाट विद्यार्थीहरुको शारिरीक र मानसिक विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम समापनका क्रममा सभाध्यक्ष ढकालले देवकोटा क्याम्पसले सीपमूलक, ज्ञानमूलक साथै शारिरीक क्षमता विकास गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको विचार व्यक्त गर्दै खेलकूदले आपसी भाइचाराको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो गर्नुभयो । उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्यालको स्वागत मन्तव्य साथै उप–प्राध्यापक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।





