Welcome/Induction Programme MBS, BBA & BICTE सम्पन्न

महाकवि देवकोटा क्याम्पसको आयोजनामा मिति २०८२/१०/१६ गते शुक्रबारका दिन MBS, प्रथम र दोस्रो सेमेष्टर साथै BBA, BICTE तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुमा पढाइप्रति उत्प्रेरणा जागृत गर्ने उद्धेश्यले संचालन गरिएको Welcome/Induction Programme सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, पूर्व मन्त्री, माननीय विद्यायक खड्ग बस्नेतको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्व सहायक डीन डा.दिनेशमणी घिमिरेको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा, क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष एवं क्याम्पस संरक्षक थानप्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, विशेष अतिथि रहनु भएको थियो । क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस सल्लाहकार समितिका पदाधिकारी, क्याम्पसमा प्रध्यापनरत शिक्षक, शिक्षिका, कर्मचारी साथै क्याम्पस अन्तर्गत एम.वि.एस प्रथम र दोस्रो सेमेस्टर वि.वि.ए. साथै वि.आइ.सि.टि.इ. तेस्रो सेमेस्टरमा अध्यापन गर्ने विद्यार्थी लगायत १५० बढीको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख अतिथि बस्नेतले क्याम्पसको सबै तहमा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गर्दै अबका विद्यार्थीहरु प्रतिष्पर्धी बन्नु पर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डीन डा. घिमिरेले सेमेष्टरको पाठ्यक्रमलाई बढी व्यवहारिक र प्रयोगात्मक बनाइएको हुनाले विद्यार्थीहरु त्यसतर्फ सचेत हुनु पर्ने भन्दै महाकवि देवकोटा क्याम्पस जस्तो हरेक दृष्टिले राम्रो क्याम्पसमा पढ्न आएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । शुभकामना मन्तव्यको क्रममा संस्थापक अध्यक्ष गैरेले आफूहरुले स्थापना गरेको क्याम्पसले यसरी प्रगति गरेको देख्दा आफू निकै खुशी भएको विचार व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई पुष्प गुच्छा र डायरी प्रदान गरी स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।  समापन मन्तव्यको क्रममा सभाध्यक्ष लामिछानेले यो कार्यक्रममा नेपालकै  उच्च बौद्धिक व्यक्तित्व उपस्थिति रहेको हुनाले आफूूहरु निकै हर्षित भएको भन्दै कार्यक्रमकोे गरिमा बढाउन उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य र शिक्षक हरिदत्त शर्माको संचालन रहेको थियो ।