Tax र VAT सम्बन्धी तालिम सम्पन्न
आज मिति २०८२/१०/२५ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा यस क्षेत्रमा सञ्चालन भएका उद्योग, कलकारखाना, सहकारी संस्था तथा अन्य व्यवसायिक संस्थालाई Tax र VAT सम्बन्धी नवीन ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको Tax र VAT सम्बन्धी तालिम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पसका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत गौरव पाण्डे र चार्टर एकाउण्टेन्ट अर्जुन पाण्डे द्वयको प्रमुख प्रशिक्षकत्व रहेको उक्त तालिममा क्याम्पस सल्लाहकार समिति सदस्य देवी घिमिरे, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमख, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका, उद्योग, कलकारखाना, सहकारी संस्था तथा अन्य व्यवसायिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दुई चरणमा सञ्चालन गरिएको उक्त तालिमको पहिलो चरणमा चार्टर एकाउण्टेन्ट अर्जुन पाण्डेले भ्याटसंग सम्बन्धीत रहेर आफ्नो प्रशिक्षण दिनुभएको थियो भने कर अधिकृत गौरव पाण्डेले वर्तमान समयमा करको दायरा र कर सम्बन्धी नवीन ज्ञान प्रदान गर्नु भएको थियो ।
शुभकामना मन्तव्यका क्रममा सभाध्यक्ष लामिछानेले देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र उद्योग कलकारखाना र क्याम्पसको बीचमा सुमधुर सम्बन्ध हुनु पर्ने तथ्य उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालन भएका उद्योग, कलकारखाना, सहकारी संस्था तथा अन्य व्यवसायिक संस्थालाई प्राज्ञिक सहयोग गर्नु क्याम्पसको दायित्व भएको हुनाले तालिम आयोजान गरिएको विचार व्यक्त गर्नु भयो । कार्यक्रम सञ्चालन महाकवि देवकोटा क्याम्पसका उप प्राध्यापक भिमलाल ढकालले गर्नुभएको थियो ।





