ICT Integration in Teaching तालिम शुभारम्भ
विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालको सहयोग साथै महाकवि देवकोटा क्याम्पसको संयुक्त आयोजनामा आज मिति २०८३/०१/२५ गतेका दिन शिक्षणमा प्रविधिको प्रयोगको बारेमा विस्तिृत ज्ञान प्रदान गर्ने उद्धेश्यले यसै क्याम्पसको सभाहलमा तिन दिने आइसिटि इन्टिग्रेसन इन टिचिङ तालिमको शुभारम्भ भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता बुटवल कालिका क्याम्पसका शिक्षक इन्जिनियर आशिस न्यौपानेको प्रशिक्षकत्व रहेको उक्त तालिममा यसै क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, विभिन्न शाखाका प्रमुखहरु, आयोजक क्याम्पसका शिक्षक शिक्षिका साथै रुपन्देही, कपिलवस्तु नवलपरासी लगायतका जिल्लाका विभिन्न क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । तालिम उद्घाटनसत्रको अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले वर्तमान समयको शिक्षण प्रविधिमैत्री भएन भने अपाङ्गप्राय हुने हुनाले प्रविधिको प्रयोग गरेर शिक्षणलाई प्रभावकारी बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विचार व्यक्त गर्नुभयो । प्रशिक्षणको क्रममा प्रशिक्षक न्यौपानेले शिक्षण सिकाइ क्रियाकलापमा आइसिटिको प्रयोग र यसले शिक्षणमा पार्ने सकारात्मक प्रभावको बारेमा स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा उप प्राध्यापक हरिप्रसाद बस्यालको सञ्चालन रहेको थियो ।





