महाकवि देवकोटा क्याम्पसमा बिदाई कार्यक्रम सम्पन्न
मिति २०८०/०१/२९ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा महाकवि देवकोटा क्याम्पसबाट स्नातक तहको अन्तिम परीक्षा दिएर क्याम्पसबाट विदाइ भएर जान लाग्नु भएका व्यास्थापन संकाय र शिक्षाशास्त्र संकायको चौथो वर्षका विद्यार्थी भाइ बहिनीहरुलाई बिदाइ गर्ने उद्धेश्य आयोजना गरिएको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यता साथै महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी., विभागीय प्रमुखहरु, क्याम्पस अन्तर्गतका विभिन्न शाखाका संयोजकहरु, प्राध्यापक, कर्मचारी साथै स्नातक तहको शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको चौथो वर्षको अन्तिम परीक्षा दिएर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरु गरी १०० बढीको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षाशास्त्र संकायको तर्फबाट छात्रा मनिषा कुँवर र व्यवस्थापन संकायको तर्फबाट छात्र विनम भण्डारीले अनुभव मन्तव्य प्रस्तुत गरेका थिए ।
बिदाइ तथा शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि लामिछानेले विद्यार्थीहरुले शिक्षक र अभिभावक र अग्रजहरुको कदर गर्नुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले कामगर्ने हौसला दिनु भएको हुनाले काम गर्ने उर्जा मिलेकाले र क्याम्पस पनि देश कै नमुना क्याम्पस बन्दै गएको विचार व्यक्त गर्नुभयो ।
बिदाइ तथा शुभकामना मन्तव्य कै क्रममा प्रमुख अतिथि वडाध्यक्ष पङ्गेनीले आफूहरुले निकै मिहिनेत गरेर क्याम्पसको स्थापना गरेको र विद्यार्थीहरु यस क्याम्पसमा भर्ना भएर क्याम्पसले सार्थकता पाएको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो साथै उहाँले गुरुहरु प्रेरणाका स्रोत भएको हुनाले गुरु सम्मान गर्नु पर्ने विचार राख्नुभयो ।
उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए भने चौथो वर्षका विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा टीका तथा विशिष्ट अतिथि र सभाध्यक्षद्वारा पुष्पगुच्छा र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक हरिदत्त शर्माको संचालन र दधिराम पौडेलको स्वागत मन्तव्य रहेको थियो ।