स्वागत कार्यक्रम सम्पन्न

महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह BBA र BICTE तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना, अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा आज मिति २०८२/०९/१६ गतेका दिन स्नातक तह अन्तर्गत BBA र BICTE प्रथम सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह द्यक्ष्ऋत्भ् तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र सौरभ हमालको अध्यक्षता, क्याम्पसका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णु प्रसाद पौडेलको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, व्यवस्थापन र शिक्षा तथा मानविकी संकाय प्रमुखहरु, क्याम्पसका शिक्षक, कर्मचारी, प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु साथै तेस्रो सेमेस्टरमा अध्ययनरत आयोजक विद्यार्थीहरु लगायत करिव १५४ बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र सभाध्यक्षद्वारा पुष्पगुच्छा साथै क्याम्पस प्रमुखद्वारा टीका प्रदान गरी स्वागत गरिएको थियो । उक्त कार्यक्रममा प्रथम र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पौडेलले महाकवि देवकोटा क्याम्पस फरक तरिकाले सञ्चालन भएको तथ्य उल्लेख गर्दै सबैको निकै ठूलो सहयोग र सङ्घर्षबाट क्याम्पस स्वर्णीम अवस्थामा आएको र यो अवस्थालाई बचाएर राख्ने जिम्मेवारी विद्यार्थी भाइ बहिनीहरुको भएकोे विचार व्यक्त गर्नुभयो ।
स्वागत तथा शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लामिछानेले नयाँ विद्यार्थीहरु क्याम्पसमा भर्ना भए पश्चात् स्वागत र अध्ययन समाप्ति पछि विदाई गर्ने यो परम्पराले राम्रो संस्कारको विकास भएको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई उत्कृष्ट नतिजाका साथ सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले समेत स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समापन मन्तव्यका क्रममा सभाध्यक्ष हमालले क्याम्पसमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्ने कार्यमा सम्पूर्ण विद्यार्थी जुट्नु पर्ने विचार व्यक्त गर्नुभयो । स्नातक तह द्यद्यब् तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रा आसिका पुनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा स्नातक तह द्यद्यब् तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र पवन पोखरेल र छात्रा समिक्षा भुषालको सञ्चालन रहेको थियो ।