स्वागत कार्यक्रम सम्पन्न

महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजना, अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा आज मिति २०८२/०९/०७ गतेका दिन स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्रा सुस्मिता अर्यालको अध्यक्षता, क्याम्पसका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णु प्रसाद पौडेलको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, व्यवस्थापन र शिक्षा तथा मानविकी संकाय प्रमुखहरु, क्याम्पसका शिक्षक, कर्मचारी, प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु साथै दोस्रो वर्षमा अध्ययनरत आयोजक विद्यार्थीहरु लगायत करिव ३५४ बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा पुष्पगुच्छा साथै विशिष्ट अतिथि र सभाध्यक्षद्वारा टीका प्रदान गरी स्वागत गरिएको थियो । उक्त कार्यक्रममा प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
स्वागत तथा शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लामिछानेले यस क्षेत्रमा थुप्रै क्याम्पसहरु हुँदाहुँदै पनि देवकोटा क्याम्पसले प्रदान गरेको शैक्षिक गुणस्तरको कारण क्याम्पसलाई आफ्नो रोजाइमा पारेर क्याम्पसमा भर्ना भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद दिँदै शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले समेत स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समापन मन्तव्यका क्रममा सभाध्यक्ष अर्यालले क्याम्पसमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्ने कार्यमा सम्पूर्ण विद्यार्थी जुट्नु पर्ने विचार व्यक्त गर्नुभयो । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्रा सविना भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राद्वय दुर्गा न्यौपाने, मनिषा ज्ञवाली र छात्र महेन्द्र के.सी. को सञ्चालन रहेको थियो ।