सुरक्षित मातृत्व, परिवार नियोजन तथा स्वास्थ्य पाठेघर सम्बन्धि गोष्ठि सम्पन्न
आज मिति २०८२/११/०२ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा क्याम्पस क्षेत्र अन्तर्गत रहेका सामुदायको सामुदायिक सचेतना विकासको लागि सुनवल नगरपालिका वडा नं.१० गैंडाखालमा रहेको आदर्श महिला समूहमा आबद्ध महिललाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व, परिवार नियोजन र स्वास्थ्य पाठेघर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, आदर्श महिला समूहका अध्यक्ष गंगा थापाको प्रमुख आतिथ्यता, नेपाल परिवार नियोजन सघं नवलपरासीका सिनियर स्टाफ नर्स अञ्जली श्रेष्ठको प्रमुख प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, आदर्श महिला समूहमा आबद्ध समूहका सदस्यहरु, महाकवि देवकोटा क्याम्पसका शिक्षक शिक्षिका क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य प्रस्तुत गर्दै सभाध्यक्ष लामिछानेले महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र सामुदायिक उत्तरदायित्व निर्वाह गर्न कार्यक्रमको आयोजना गरिएको भन्दै वर्तमान समयमा पाठेघरको समस्याका कारण थुप्रै महिला दिदी बहिनीहरुको ज्यान समेत गएको तथ्य मध्यनजर गर्दै यो गोष्ठिको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक श्रेष्ठले सुरक्षित मातृत्वका आधारहरु, परिवार नियोजन र पाठेघर सम्बन्धि समस्या र समाधानका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा उप–प्राध्यापक बबिन शर्मा सापकोटाले सहजीकरण गर्नुभएको थियो ।





