सहयोग रकम हस्तान्तरण

आज मिति २०८२/०९/११ गतेका दिन महाकवि देवकोटा क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले आफ्नो तलवबाट केही प्रतिशतका दरले कट्टा गरेको रकमबाट निर्माण गरिएको सामाजिक उत्तरदायित्व कोषबाट सहयोग रकम हस्तान्तरण गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष एवं सञ्चालक समिति सदस्य बालकृष्ण पङ्गेनीे, सञ्चालक समिति सदस्यद्वय भविश्वर तिवारी र शालिकराम सापकोटाको विशेष उपस्थितिमा सुनवल नगरपालिका वडा नंं. ४ हडाहा निवासी मायादेवी तिवारीका छोरा गणेश तिवारीको मृगौलामा समस्या देखिएको र स्वास्थ्य उपचार गर्नको लागि आर्थिक समस्या भएको तथ्य मध्यनजर गर्दै नगद रु २०,१२५/- सहयोग गरियो । वडाध्यक्ष बालकृष्ण पङ्गेनी र क्याम्पस अध्यक्ष कृष्ण प्रसाद लामिछानेले मायादेवी तिवारीलाई उक्त नगद रकम हास्तान्तरण गर्नु भएको थियो । रकम हस्तान्तरणका सन्दर्भमा बोल्दै क्याम्पसका अध्यक्ष लामिछानेले महाकवि देवकोटा क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न समय समयमा विभिन्न किसिमका सेवामूलक कार्यहरु गर्दै आएको विचार व्यक्त गर्नुभयो । त्यसै गरी वडाध्यक्ष पङ्गेनीले क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कट्टा गरी जम्मा गरिएको रकमबाट यस्तो सेवामूलक कार्य गर्नुभएकोमा सबैलाई धन्यवाद दिनुभयो । रकम हस्तान्तरण कार्यमा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो ।