सरसफाई कार्यक्रम सम्पन्न

आज मिति २०८२/०८/२६ गतेका दिन महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा सुनवल नगरपालिका भुमहीमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बाबा बर्दगोरिया धामको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदायप्रतिको क्याम्पसको उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको अतिरिक्त क्रियाकलाप शाखा संयोजक उप प्राध्यापक सुलोचना अर्यालले जानकारी दिनुभयो । महाकवि देवकोटा क्याम्पस समुदायिक स्तरमा संचालित गैरनाफामूलक सामुदायिक संस्था हो । सामुदायिक संस्था भएकै कारणले गर्दा क्याम्पसले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको छ । क्याम्पसले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।
सरसफाई कार्यक्रममा शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम अतिरिक्त क्रियाकलाप शाखाका संयोजक सुलोचना अर्यालको संयोजकत्वमा शिक्षक हरिदत्त शर्मा एवं हरि प्रसाद बस्यालको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी साथै शिक्षक, शिक्षिका गरी ४८ जनाको सहभागिता रहेको थियो ।