शैक्षिक क्यालेण्डर २०८३ विमोचन कार्यक्रम
मिति २०८२/१२/१५ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा सार्वजनिक सूचना शाखाद्वारा निर्माण गरिएको शैक्षिक क्यालेण्डर २०८३ सार्वजनिक गर्ने उद्धेश्यले आयोजना गरिएको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. विभागीय प्रमुखहरु, विभिन्न शाखाका संयोजकहरु साथै क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । क्यालेण्डर विमोचनको अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले क्याम्पसले प्रत्येक वर्ष आफ्ना कार्यक्रमहरु समावेश गरेर शैक्षिक क्यालेण्डर प्रकाशन गर्दै आएको सन्दर्भ उल्लेख गर्दै क्यालेण्डरमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनको लागि विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । साथै क्यालेण्डरमा समावेश गरिएका कार्यक्रमहरुको कार्यान्वयनको शुभकामना दिनुभयो । कार्यक्रमको सहजीकरण गर्दै सार्वजनिक सूचना शाखाका संयोजक उप–प्राध्यापक हरिदत्त शर्माले शैक्षिक क्यालेण्डर निर्माण गर्नुको उद्धेश्य क्यालेण्डरमा समावेश गरिएका कार्यक्रम तथा विषयवस्तुका बारेमा स्पष्ट पार्नुभएको थियो ।





