प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

महाकवि देवकोटा क्याम्पस सुनवलद्वारा मिति २०८२/०२/१६ गते शुक्रवार दिन एक दिने प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । “औद्योगिकीकरण, पर्यटन र स्थानीय समृद्धिका लागि अनुसन्धान” भन्ने मूल नारासहित सम्पन्न भएको सो सम्मेलनमा प्रतिनिधि सभा सदस्य ध्रुबहादुर प्रधानले प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै भविश्यका युवा पीडिलाई समय अनुकुलको गुणस्तरीय शिक्षाको आवश्यक्ता रहेकोले पश्चिम नवलपरासीको सुनवल क्षेत्रलाई शिक्षाको हवको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य प्रधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य अहिलेको प्रमुख विषय भएको हुदा त्यसको बिकास र बिस्तारका लागि सबै एक भएर लाग्नुको विकल्प नभएकोमा जोड दिनुभयो । पूर्व कानुन मन्त्री समेत रहनुभएका प्रधानले आफुले यस क्षेत्रमा मानव अंग प्रत्यरोपण केन्द्र र सुविधा सम्पन्न अस्पतालका लागि सदनमा आवाज उठाउर्दै आएको बताउनुभयो ।
क्याम्पस अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा भएको सम्मेलनमा लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले आवश्यक्ता र दिघकालिन सोचका आधारमा विकासका योजना निर्माण हुन नसकेका कारण समस्या आउने गरेको हुदा कुनै पनि योजना निर्माण गर्दा दिर्घकालिन साचका आधारमा योजना वनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल, सुनवल नगरपालिका निवर्तमान नगरप्रमुख भिम बहादुर थापा देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा केसि लगायत बिभिन्न क्याम्पसका अध्यक्ष तथा क्याम्पस प्रमुखहरुको “औद्योगिकीकरण, पर्यटन र स्थानीय समृद्धिका लागि अनुसन्धान”का विषयमा आ आप्ना धारण राख्नु भएको थियो ।
सम्मेलनमा किनोट्स स्पिकरका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसे र विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायणप्रसाद भण्डारी स्पेसल गेस्ट स्पिकरका रूपमा रहनुभएको थियो । त्यस्तै सेसन चेयर्समा डा. सूर्यबहादुर राना, डा. निरञ्जन देवकोटा र डा. सन्तोष ज्ञवाली रहनुभएको थियो ।
सम्मेलनमा व्यवस्थापन, सूचना प्रविधि, शिक्षा र सामाजिक विज्ञानका क्षेत्रमा अनुसन्धान र त्यसको स्थानीय विकासमा योगदान विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागीहरूले यस्ता सम्मेलनले अनुसन्धानको संस्कृति विकास गर्न र नीति निर्माणमा सहयोग पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे्का छन । सम्मेलनमा क्याम्पस प्रमुख नारायण ढकालको स्वागत उपप्राध्यापक विकास रानाले कार्यक्रम माथि प्रकाश र उपप्रध्यापक हरिदत्त शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।