ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
आज मिति २०८२/१०/२० गतेका दिन लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयको आयोजना, महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ शाखा अधिकृत प्रदिप खनालको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी वरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डे प्रमुख प्रशिक्षक रहनु भएकोे थियो । महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, शिक्षक शिक्षिका साथै यसै क्याम्पस अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षक पाण्डेले वर्तमान समयमा सवारी दुर्घटना बढ्नुका कारणहरु, यसलाई न्यूनिकरण गर्ने उपायहरु साथै ट्राफिक नियमको बारेमा विद्यार्थीहरुलाई स्पष्ट पार्नुभएको थियो । कार्यक्रमका अध्यक्ष लामिछानेले वर्तमान समयमा बढ्दो सवारी दुर्घटनाको कारण थुप्रैको ज्यान गएको यस विषम परिस्थितिमा क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी तालिम दिएर थोरै भए पनि सवारी दुर्घटना न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको विचार व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा व्यवस्थापन सङ्काय प्रमुख उप प्राध्यापक भिमलाल ढकालको सञ्चालन रहेको थियो ।





