छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

मिति २०८२/०४/११ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गतको विद्यार्थी परामर्श शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाइ प्रति थप अभिरुची जागृत गर्नका साथै केही हदसम्म भए पनि आर्थिक सहुलियत प्रदान गर्ने उद्धेश्यले संचालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गरिब, जेहेन्दार, अल्पसङ्ख्यक, दलित, मुस्लिम र सिमान्तकृत आदि शीर्षकमा गरिएको छात्रवृत्ति वितरण कार्यक्रम विद्यार्थीहरु आर्थिक अभावको कारणले पढ्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले आयोजना गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री माननीय जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका विधायक, पूर्व मन्त्री माननीय खड्क बस्नेतको विशिष्ट आतिथ्यता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको विशेष आतिथ्यता, निवर्तमान नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको विशेष आतिथ्यता , रहेको उक्त छात्रवृत्ति वितरण कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बसन्त प्रसाद कोइराला, लुम्बिनी प्रदेश सामाजिक विकास निर्देशनालयका निर्देशक नारायण पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं क्याम्पस संचालक समिति सदस्य केशव प्रसाद भण्डारी साथै क्याम्पस संचालक समितिका पदाधिकारीहरु, क्याम्पस सल्लाहकार समितिका संयोजक बोधराज घिमिरे साथै सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पस संरक्षकहरु, क्याम्पस आजीवन सदस्यहरु, क्याम्पसमा स्थापना गरिएको छात्रवृत्तिकोषका संरक्षकहरु, संचारकर्मी, सुरक्षाकर्मी, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिकाहरु, अभिभावक साथै छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी गरी २९७ बढीको सहभागिता रहेको थियो । विश्वविद्यालय अनुदान आयोग यु.जि.सी. नेपालको, क्याम्पसको आफ्नै, युगो नेपालको साथै प्रदेश सरकारको तर्फबाट प्रदान गरिएको जम्मा रु.२९,६७,७०० क्याम्पस अन्तर्गतका विभिन्न सङ्कायमा अध्ययन गर्ने २६४ जना विद्यार्थीहरुले प्राप्त गरेका थिए । छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई विशेष अतिथि माननीय विधायक लुम्बिनी प्रदेशका पूर्व मन्त्री माननीय खड्ग बस्नेतले टीका तथा पुष्पगुच्छा प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो । पढाइ, आर्थिक अवस्था, नियमितता, अनुशासन साथै दलित जनजाति जस्ता विषयहरुलाई मूल्याङ्कनको आधार बनाएर छात्रवृत्ति प्रदान गरिएको थियो । शुभकामना मन्तव्य प्रस्तुत गर्दै विशिष्ट अतिथि सुनवल नगरपालिकाका निवर्तमान नगरप्रमुख थापाले वर्तमान शिक्षामा ए.आइ.को प्रयोग गरेर अगाडि बढ्नु पर्ने विचार राख्नु भयो । उक्त कार्यक्रमा विशिष्ट अतिथि नगरप्रमुख अर्यालले देवकोटा क्याम्पसको स्थापनादेखि वर्तमानसम्म सुनवल नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि नगरपालिकाले साथ र सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि माननीय विद्यायक पूर्व मन्त्री बस्नेतले अहिलेका विद्यार्थी सुनेर बस्ने नभइ सही र गलत पत्ता लगाएर बोल्न सक्ने हुनु पर्छ भन्दै प्रदेश सरकारले स्थापना गर्ने इन्क्यूवेसन सेन्टर देवकोटा क्याम्पसमा स्थापनाको लागि पहल गर्न प्रदेश सरकारका मन्त्रीलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री तिमिल्सिनाले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी भाइ बहिनीहरुलाई बधाई तथा शुभकामना दिँदै प्राप्त छात्रृत्ति रकमको सही सदुपयोग गर्न आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट क्याम्पसलाई सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम समापनका अवसरमा सभाध्यक्ष लामिछानेले छात्रवृत्ति रकमले विद्यार्थीहरुलाई पढाइतर्फ उत्प्रेरित गर्दछ भन्दै आर्थिक अभावको कारणले कसैले पनि पढाइ छोड्न नपरोस् भन्ने उद्धेश्यले क्याम्पसमा छात्रवृत्ति वितरण गरिएको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा उप प्राध्यापक सूर्यप्रसाद ढकालले छात्रवृत्ति वितरण प्रक्रियाको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक नारायण प्रसाद ढकालको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।