अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम
आज मिति २०८३/०१/०८ गतेका दिन महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा यसै क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरुद्वारा गरिएका अनुसन्धान प्रतिवेदन आदान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतमा सञ्चालन भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, विभिन्न विषय र शीर्षकमा अनुसन्धान गर्नुभएका प्रज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अध्यक्ष लामिछानेले प्रज्ञिक उन्नयनका लागि विभिन्न विषय र शीर्षकमा अनुसन्धान गर्ने प्रज्ञिक व्यक्तित्वहरुलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा विभिन्न शीर्षकमा अनुसन्धान गर्ने प्रज्ञिक व्यक्तित्वहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रम अनुसन्धान व्यवस्थापन शाखाका संयोजक उप प्राध्यापक हरि प्रसाद बस्यालले सहजीकरण गर्नुभएको थियो ।





