सहयोग रकम हस्तान्तरण
महाकवि देवकोटा क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले आफ्नो तलवबाट केही प्रतिशतका दरले कट्टा गरेको रकमबाट निर्माण गरिएको सामाजिक उत्तरदायित्व कोषबाट आज मिति २०८२/०८/०१ गतेका दिन यसै क्याम्पसका अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने ज्यू को विशेष उपस्थितिमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छात्रा सीता कुमारी तेलीको अध्ययन सहजिकरणको लागि नगद रु २०,०००/- सहयोग गरियो । उक्त सहयोग रकम विभिन्न मूल्याङ्कनका आाधारमा शिक्षक कर्मचारीहरुको बैठकको निर्णय अनुसार वितरण गरिएको थियो ।





