सचेतना कार्यक्रम सम्पन्न ।

मिति २०८२/१०/२२ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जलवायु परिवर्तनको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा तथा मानविकी सङ्काय प्रमुख उप–प्राध्यापक बबिन शर्माको अध्यक्षता, अतिरिक्त क्रियाकलाप शाखा संयोजक उप–प्राध्यापक सुलोचना अर्यालको प्रशिक्षकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका, महाकवि देवकोटा क्याम्पस शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रशिक्षक अर्यालले जलवायु परिवर्तनको कारण, यसका असर र यसबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा उप–प्राध्यापक हरिदत्त शर्माले कार्यक्रमको औचित्य स्पष्ट पार्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।