लागु औषध, साइबर क्राइम र सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

मिति २०८२/१२/११ गतेका दिन इलाका प्रहरी कार्यालय सुनवलको आयोजना साथै महाकवि देवकोटा क्याम्पसको आतिथ्यतामा यसै क्याम्पसको सभाहलमा लागु औषध, साइबर क्राइम र सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाको प्रमुख प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नारायणप्रसाद ढकाल, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका, महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरु गरी करिब १२७ बढीको सहभागितामा रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै सभाध्यक्ष लामिछानेले लागु औषधका कारण धेरैको जीवन बर्बाद भएको भन्दै त्यसतर्फ नलाग्न सबैलाई आग्रह गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक प्रहरी निरिक्षक देवकोटाले लागु औषध दुव्र्यसनका असर र समाधानका उपाय, साइबर क्राइम रोकथामका उपाय साथै सडक दुर्घटनाका कारण र यसबाट बच्ने उपायहरुका  बारेमा स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षक कोइरालले विद्यार्थीहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा उप प्राध्यापक हरिप्रसाद बस्यालले सहजीकरण गर्नुभएको थियो ।