बाइट्स एण्ड विजनेश बजार कार्यक्रम सम्पन्न

महाकवि देवकोटा क्याम्पस वि.वि.ए. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यसै क्याम्पसको प्राङ्गणमा आज मिति २०८१-१०-११ गतेका दिन विद्यार्थीहरुलाई प्रयोगात्मक व्यवसायिक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको बाइट्स एण्ड विजनेश बजार कार्यक्रम सम्पन्न भएको छ ।
वि.वि.ए. तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रा जोसना नेपालको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य पूर्वमन्त्री माननीय विधायक खडग बस्नेतको प्रमुख आतिथ्यता , सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालको विशिष्ट आतिथ्यता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, संस्थापक अध्यक्ष थान प्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा मम, चउमिन, पकौडा, चिया, कफि, ढेकरी, घोंगी, चिकन ललिपप, चटपट, बटुक लगायतका परिकारहरु बनाइएको थियो । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन अभिभावकहरुको घैटो फुटाइ प्रतियोगिता , विद्यार्थीहरुको व्यालुन व्लास्ट प्रतियोगिता समेत संचालन गरिएको थियो भने विद्यार्थीहरुद्वारा विभिन्न संस्कृतिक कार्यक्रम तथा गीत प्रस्तुत गरिएको थियो । उद्यमीहरुलाई प्रोत्साह गर्न विभिन्न उद्यमीहरुका उत्पादनका स्टलहरु पनि राखिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि मननीय विधायक बस्नेतले देवकोटा क्याम्पसले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न विद्यार्थीहरुमा प्रयोगात्मक व्यवसायिक ज्ञान प्रदान गर्न यस कार्यक्रमको आयोजना गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । त्यसै गरी विशिष्ट अतिथि लामिछानेले विद्यार्थीहरुले निकै स्वादिस्ट परिकारहरु बनाएको भन्दै यो अभ्यासले विद्यार्थीहरुलाई व्यवसायी बनाउन मद्धत गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, संस्थापक अध्यक्ष थान प्रसाद गैरे लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष नेपालले सहयोगी सम्पूर्णहातहरुलाई धन्यवाद दिनुभयो । वि.वि.ए. तेस्रो सेमेस्टरमा अध्ययनरत छात्रा झरना रानाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन वि.वि.ए.आठौं, प्रथम साथै वि.आइ.सि.टि.इ. छैठौं सेमेस्टरमा अध्ययनरत छात्र छात्राद्वारा गरिएको थियो ।