सम्झौता सम्पन्न

महाकवि देवकोटा क्याम्पसबाट पास आउट भएका विद्यार्थीहरुलाई रोजगारी प्रदान गर्ने उद्धेश्यले क्याम्पस र सुनवल नगरपालिका वडा नं. ११ मा अवस्थित सर्वाेत्तम सिमेन्ट लि. संग दुई पक्षिय सम्झौता भएको छ । मिति २०८२/०७/२३ गतेका दिन भएको उक्त सम्झौतामा क्याम्पसले उद्योगलाई आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउने साथै क्याम्पसले पठाएका जनशक्तिलाई उद्योगले रोजगारी प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ । सम्झौता पत्रमा उद्योगको तर्फबाट महाप्रबन्धक श्री नेत्र प्रसाद घिमिरे साथै क्याम्पसको तर्फबाट अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने साथै प्रमुख श्री नारायण प्रसाद ढकालले हस्ताक्षर गर्नु भयो ।