Bachelor of Information Communication Technology Education (BICTE) is an undergraduate program offered by Tribhuvan University, under the Faculty of Education. It is a 4-year semester-based...
लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
आज मिति २०८२/०८/१० गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लोकसेवा आयोगको तयारी सम्बन्धी विशेष ज्ञान प्रदान गर्ने उद्धेश्यले लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण
महाकवि देवकोटा क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले आफ्नो तलवबाट केही प्रतिशतका दरले कट्टा गरेको रकमबाट निर्माण गरिएको सामाजिक उत्तरदायित्व कोषबाट आज मिति २०८२/०८/०१ गतेका
महाकवि देवकोटा क्याम्पसबाट पास आउट भएका विद्यार्थीहरुलाई रोजगारी प्रदान गर्ने उद्धेश्यले क्याम्पस र सुनवल नगरपालिका वडा नं. ११ मा अवस्थित सर्वाेत्तम सिमेन्ट लि. संग दुई पक्षिय सम्झौता भएको छ ।
आज मिति २०८२/०८/२६ गतेका दिन महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा सुनवल नगरपालिका भुमहीमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बाबा बर्दगोरिया धामको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदायप्रतिको क्याम्पसको उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको अतिरिक्त क्रियाकलाप शाखा संयोजक उप प्राध्यापक सुलोचना अर्यालले जानकारी दिनुभयो । महाकवि देवकोटा क्याम्पस समुदायिक स्तरमा संचालित गैरनाफामूलक सामुदायिक संस्था हो । सामुदायिक संस्था भएकै कारणले गर्दा क्याम्पसले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको छ । क्याम्पसले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।
सरसफाई कार्यक्रममा शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम अतिरिक्त क्रियाकलाप शाखाका संयोजक सुलोचना अर्यालको संयोजकत्वमा शिक्षक हरिदत्त शर्मा एवं हरि प्रसाद बस्यालको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी साथै शिक्षक, शिक्षिका गरी ४८ जनाको सहभागिता रहेको थियो ।