लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आज मिति २०८२/०८/१० गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लोकसेवा आयोगको तयारी सम्बन्धी विशेष ज्ञान प्रदान गर्ने उद्धेश्यले लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, सुनवल नगरपालिका शिक्षा शाख प्रमुख विष्णु प्रसाद गोतामेको प्रमुख प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. शिक्षा मानविकी सङ्काय प्रमुख बबिन सापकोटा, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका साथै स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा प्रशिक्षक गोतामेले लोकसेवा आयोग कसरी तयारी गर्ने, के कस्ता प्रश्नहरुको उत्तर कसरी दिने, मूल्याङ्कन प्रक्रिया साथै आयोगको तयारी गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै अध्यक्ष लामिछानेले देवकोटा क्याम्पसले यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अब्बल बनाउनको लागि अतिरिक्त तालिम साथै प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै विद्यार्थीहरुले यसको सही सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकालले सहजिकरण गर्नुभएको थियो ।